मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसको शुभेच्छुक संस्थाद्वारा ७७ वटै जिल्लामा प्रदर्शन, सहभागीहरुलाई देउवाको धन्यवाद

कांग्रेसको शुभेच्छुक संस्थाद्वारा ७७ वटै जिल्लामा प्रदर्शन, सहभागीहरुलाई देउवाको धन्यवाद


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागीलाई धन्यवाद दिएका छन् ।   
 
सभापति देउवाले विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खटिने शुभेच्छुक संस्था र पार्टीको सबै तहका पदाधिकारी तथा सदस्य एवं सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवामा बधाई ज्ञापन गरेका छन् ।   
 
साथै उनले निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पु¥याउने सञ्चारकर्मीमा पनि धन्यवाद ज्ञापन गर्दै पूर्वघोषणा अनुरुप आगामी फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन अपिलसमेत गरेका छन् ।  
 
नेपाल टे«ड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन (संघ), नेपाल साँस्कृतिक संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाःखल, र प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । रासस