नेपाल पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानल विजयी

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोखरेल नेतृत्वको संयुक्त प्यानल नै विजयी भएको हो ।   अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलकी निर्मला शर्मालाई ३०२७ मतान्तरले पराजित गरेका हुन् । पोखरेलले ६९४२ मत प्राप्त गर्दा शर्माले ३९१५ मत…