मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार सर्वाधिक ९०७० जनामा कोरोना संक्रमण, एकैदिन ५४ जनाको निधन

बिहीबार सर्वाधिक ९०७० जनामा कोरोना संक्रमण, एकैदिन ५४ जनाको निधन


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, एकैदिन ५४ जनाको निधन भएको छ । योसहित हालसम्म निधन हुनेको संख्या ३५२९ पुगेको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार २० हजार ३६७ जनाको पिसिआर परीक्षणमा ८९७० जना र ७७५ जनाको एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । 
 
यसैगरी, पछिल्लो चौबीसघन्टामा २७०७ जना निको भएका छन् । कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ७९.३६ अर्थात् २ लाख ९२ हजार ४९० पुगेका छन् । नेपालमा हालसम्म ३ लाख ६८ हजार ५८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । 
 
जसमध्ये संक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ६५२ जनाको आइसियूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 
 
२४ घन्टामा कुन जिल्लामा कति थपिए ?  
 
बिहीबार काठमाडौँमा ३१६३, रुपन्देहीमा १०६९, ललितपुरमा ५६७, बाँकेमा ३९८, कास्कीमा ३७५, मोरङमा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।
 
यसैगरी, दाङमा २४६, भक्तपुरमा २४२, सुर्खेत २०६, नवलपरासी पश्चिममा १६०, झापामा १५३, धनुषामा १४०, सुनसरी १३३, मकवानपुरमा १२६, कैलालीमा ११५, पर्सामा १०४, चितवनमा ८६, पाल्पामा ८६ जनामा कोरोना संक्रमण थप भएका छन् ।
 
यस्तै, धादिङमा ८३, गोरखामा ७४, अर्घाखाँचीमा ७३, अछाम ५९, महोत्तरीमा ५५, काभ्रेपलाञ्चोकमा ५२, कपिलवस्तु ५०, नुवाकोट र डडेल्धुरामा ४९-४९ जना, रसुवा र तनहुँमा ४४-४४ जना, बारा र दैलेखमा ४३-४३ जना, बर्दियामा ४२-४२ जना, सिरहामा ४०-४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
 
यसैगरी रौतहटमा ३९, दोलखामा ३६, लम्जुङ ३४, म्याग्दीमा ३२, डोटीमा ३१, बैतडीमा ३०, सर्लाहीमा २८, सप्तरी र स्याङ्जामा २४-२४ जना, कञ्‍चनपुरमा २२, गुल्मीमा १९, संखुवासभामा १८, रामेछापमा १६, इलाममा १४, पर्वतमा १३, वागलुङमा १२, प्‍युठानमा ११, रोल्पा र जुम्लामा १०-१० जना कोरोना संक्रमित थप भएका छन् । 
 
उदयपुर र सिन्धुलीमा ९-९ जना, जाजरकोटमा ८, ओखलढुंगामा ७, धनकुटा, भोजपुर र कालिकोटमा ५-५ जना, पाँचथर, सोलुखुम्बु र हुम्लामा ४-४ जना कोरोना संक्रमित थपिएका छन् । तेह्रथुम,सल्यान र दार्चुलामा ३-३ जना, खोटाङ र बझाङमा २-२ जना तथा नवलपरासी पूर्व, मुस्ताङ, रूकुम पूर्व र रूकुम पश्चिममा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका अनुसार ९ वर्ष मुनिका २२९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५८८ जना कोरोना संक्रमित भेटिएका छन् । नेपालमा हालसम्म २५ लाख ७८ हजार ४१८ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।