मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार सर्वाधिक ८६५९ जनामा संक्रमण पुष्टि, थप ५८ जनाको निधन

बुधबार सर्वाधिक ८६५९ जनामा संक्रमण पुष्टि, थप ५८ जनाको निधन


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप आठ हजार ६५९ जनामा कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
यो अवधिमा पिसिआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । पिसिआर विधिबाट २० हजार ७५६ र एन्टिजेन विधिबाट ६१६ गरी २१ हजार ३७२ को स्वाब परीक्षण गरिएको थियो । 
 
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ६१० पुगेको छ ।
 
कोरोना सङ्क्रमण भएका चार हजार ७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् । आइसियूमा ६०० र भेन्टिलेटरमा १५६ जना उपचार गराइरहेका छन् ।
 
थप ५८ जनाको निधन
 
कोरोना भाइरसको सङ्क्रमणबाट गत २४ घन्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ४७५ पुगेको छ । 
 
यस अवधिमा एक हजार ९९३ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ८९ हजार ७८३ पुगेको मन्त्रालयले जनाएको छ । 
 
काठमाडौँमा संक्रमण तीव्र
 
काठमाडौँ उपत्यकामा तीन हजार ८२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा २८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ । एकैदिन काठमाडौँ उपत्यकामा मात्रै १५ जनाको मृत्यु भएको छ । रासस