नेपाल

बुधबार सर्वाधिक ८६५९ जनामा संक्रमण पुष्टि, थप ५८ जनाको निधन

बुधबार सर्वाधिक ८६५९ जनामा संक्रमण पुष्टि, थप ५८ जनाको निधन


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप आठ हजार ६५९ जनामा कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
यो अवधिमा पिसिआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । पिसिआर विधिबाट २० हजार ७५६ र एन्टिजेन विधिबाट ६१६ गरी २१ हजार ३७२ को स्वाब परीक्षण गरिएको थियो । 
 
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ६१० पुगेको छ ।
 
कोरोना सङ्क्रमण भएका चार हजार ७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् । आइसियूमा ६०० र भेन्टिलेटरमा १५६ जना उपचार गराइरहेका छन् ।
 
थप ५८ जनाको निधन
 
कोरोना भाइरसको सङ्क्रमणबाट गत २४ घन्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ४७५ पुगेको छ । 
 
यस अवधिमा एक हजार ९९३ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ८९ हजार ७८३ पुगेको मन्त्रालयले जनाएको छ । 
 
काठमाडौँमा संक्रमण तीव्र
 
काठमाडौँ उपत्यकामा तीन हजार ८२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा २८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ । एकैदिन काठमाडौँ उपत्यकामा मात्रै १५ जनाको मृत्यु भएको छ । रासस

शेयर गर्नुहोस:

27
Shares