रामपुर (पाल्पा) । रामपुर अस्पतालको आइसोलेशनका शय्यामा बिरामीे छटपटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भांैतारिँदै छन् । आफन्तले बिरामीलाई खाना जुटाउन सकेनन् । यो दृश्यलाई नियाल्दै थिए रामपुरका युवा सुन्दर कँडेल । उनी अस्पतालमा कोभिडका बिरामीलाई आइसोलेसनमा राखेर उपचार सुरू गर्न थालेको खबर सुनेपछि त्यहाँको अवस्था बुझ्न अस्पताल परिसरमा पुग्नुभएको थियो ।…