मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरूपयोग गर्ने पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरूपयोग गर्ने पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरूपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ । 
 
प्रहरीको साइबर व्युरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजिक सञ्जाल टिकटकमा पोस्ट गर्ने झापा मेचीनगरका सोमप्रसाद घिमिरेलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 
 
व्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सामाजिक सञ्जालमार्फत सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गरेकाले पक्राउ गरिएको जानकारी दिए । 
 
पक्राउ परेका घिमिरेलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको सो व्युरोले जनाएको छ । 
 
घिमिरेलाई जिल्ला अदालत झापाको आदेशले सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए । रासस