एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको दाबी नपुग्ने ठहर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छन् ।     राष्ट्रपति कार्यालयले आज राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दावी नपुगेको कुरा जनाइएको छ ।   …