राजनीतिक सन्तुलनका लागि राष्ट्रपतिमा कांग्रेसको दाबी : नेता केसी

चितवन । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने र सरकारमा पनि कांग्रेस सहभागी हुने भन्ने विषयले चर्चा पाइरहँदा कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने कांग्रेसले राष्ट्रपतिमा दाबी गरे पनि सरकारमा नजाने जिकिर गरेका छन् । ‘राष्ट्रपति र सरकार भनेको फरक संस्था हुन् । त्यसैले राष्ट्रपति पद कांग्रेसले पाए पनि कांग्रेसले सरकारमा जानुहुँदैन । र, जाँदैन पनि’,…