सीमा नाका व्यवस्थापन गर्न गृहमन्त्री खाणको जोड

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । उनले नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे ।     नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाणले शनिबार भैरहवामा आयोजित कार्यक्रमलाई…