मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नयाँ नेपाल बनाउन वैकल्पिक राजनीति आवश्यक : डा भट्टराई

नयाँ नेपाल बनाउन वैकल्पिक राजनीति आवश्यक : डा भट्टराई

हिमालय खबर

शेयर गर्नुहोस:

297
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sf7df8f}F, @^ df3M lj1fg k|bz{gL sfo{qmd k”j{k|wfgdGqL 8f afa’/fd e§/fO{ laxLaf/ a;’Gwf/fl:yt ;fpy j]:6g sn]hn] cfof]hgf u/]sf] lj1fg k|bz{gL sfo{qmddf dGtJo /fVg’x’Fb} . tl:a/ M xl//fd e]6’jfn÷ /f;;

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन् । उनले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्ने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन–२०७९ मा सम्बोधन गर्दै डा भट्टराईले सीमित जाति र परिवारले मात्र शासन जबसम्म गर्छन् भने त्यतिबेलासम्म देश विकास पनि नहुने तर्क गरे ।

“जनताले न्याय पनि पाउँदैनन् । सबैका निम्ति लोकतन्त्र चाहिन्छ, अवश्यक छ ।” उनले भने, “जब १८७७ मा लखन थापाहरूले विद्रोह गरेर जब उनी शहीद बने । सन् १८७७ देखि २०१५ सम्म नेपाली जनताले आफ्नो संविधान आफैँ बनाए त्यसलाई म एउटा विन्दु मान्दछु । नेपाली जनताले लोकतन्त्रका निम्ति लडेको लडाइँ हो त्यो । नेपाली जनताले लोकतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई स्थापित गर्ने काम नेपालमा जब गरेको थियो, दोस्रो चरण त्यसलाई मानिन्छ ।”

डा भट्टराईले जनतालाई अधिकार सम्पन्न बनाएपछि जनताको सहभागिता राज्यमा र राज्यका साधनस्रोतमाथि भएपछि मात्रै विकास हुन्छ भन्ने मान्यताअनुसार हामी अहिले तेस्रो चरणमा रहेको बताए । उनले त्यसकारण नयाँ पार्टी तथा युवा पुस्तालाई इतिहास नकार्ने र धिकार्ने होइन, पुराना पुस्ताबाट सिक्नुपर्ने बताए ।

उनले संस्थागत र मजबुद बनाउने सही अर्थमा पछिल्लो लोकतन्त्रको अभ्यास गर्नुपर्ने बताए । डा भट्टराईले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढङ्गले प्रयोग गर्नुपर्ने प्र्रणाली लागू गर्न सबै लागिपर्न आवश्यक रहेको बताए ।

नेकपा (एकीकृत समाजवादी) पार्टी सचिवालय सदस्य घनश्याम भुसालले राजनीतिमा कुनै नेता र पार्टी बदनाम भएमा अर्थतन्त्र त्यहाँ आइपुग्ने खालका समस्याले दुःख दिएको बताए ।

उनले मुलुकको अर्थतन्त्र उद्यम नभएका पूँजीपतिहरूले नेतृत्व गरेका कारण आफू अनुकूलको चाहँदा देश गलत बाटोमा जाने भन्दै राजनीति र अर्थतन्त्र एक ठाउँमा आएपछि नेपालको जस्तो लोकतन्त्रलाई कमजोर बनाउने बताए ।

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देशलाई माया गर्ने पाँच प्रतिशत जनता एक ठाउँमा बसेर नयाँ ढङ्गबाट देशलाई अगाडि बढाउनुपर्ने बताए । उनले आफू राजनीतिभन्दा पनि समाजसेवा गर्न अघि बढेको भन्दै मौका नपाएर इमान्दार बन्नेहरुको ख्याल गर्दै समय र युवा पुस्ताअनुसार हामी परिवर्तन हुनुपर्ने बताए ।