मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

g]kfn 6]lnlehgsf] jflif{sf]T;j sfo{qmd sf7df8f}F, !& df3M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú dªunaf/ g]kfn 6]lnlehgsf] #*cf}F jflif{sf]T;j sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताए ।

उनले विगतमा भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताएको माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा पार्टीका महासचिव देवप्रसाद गुरुङले हालै सम्पन्न स्थायी समितिको बैठकले गरेका निर्णयका बारेमा आफ्नो धारणा राखेका थिए । बैठकमा पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिक विषयका साथै पार्टीका स्थायी समितिले गरेको निर्णयका बारेमा प्रष्ट पारेका छन् ।

उनले पार्टीले आगामी दुई महिनासम्म सञ्चालन गर्ने अभियानका बारेमा उल्लेख गरेका थिए । दुई महिने सङ्गठनात्मक अभियानमा पार्टीका केन्द्रीय सदस्यहरू हरेक टोल र वडासम्म पुगेर जनतासँग अन्तरक्रिया गर्ने र पार्टी सङ्गठन विस्तार गर्ने छन् । अभियानलाई माओवादीले जनतासँग पार्टी जोड्ने र सरकारको काम कारबाहीका सम्बन्धमा सुझाव लिने अभियानको रूपमा अर्थ्याएको छ ।

जनतासँगको छलफलका आधारमा आगामी दुई महिनापछि पार्टीको केन्द्रीय समितिको बैठकमा आगामी कार्यभारका बारेमा व्यापक छलफल गर्ने निर्णय बैठकले गरेको छ ।