मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

आयोजना निर्माणमा अन्तर समन्वय आवश्यक छ : राष्ट्रपति भण्डारी

आयोजना निर्माणमा अन्तर समन्वय आवश्यक छ : राष्ट्रपति भण्डारी

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका विकास पूर्वाधार आयोजनाको गति सुस्त रहेकाले यससम्बन्धी समस्या सम्बोधनका लागि विद्यमान कानुनमा सुधारको खाँचो औँल्याएकी छन् ।

सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन भौतिक पूर्वाधारणका आयोजना अघि बढाउँदा वातावरणीय प्रभावको पाटोमा पनि उत्तिकै ध्यान दिन सुझाव दिइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “आयोजनालाई तीव्र गतिमा अघि बढाउन अन्तर निकायबीच समन्वय आवश्यक छ । पूर्वाधार निर्माणको गुणस्तर सुधारका लागि सबैको ध्यान जान जरुरी छ । आयोजना छनोट र स्रोत व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्छ ।”

उनले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी रणनीतिक आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिँदै भनिन्, “सबै स्थानीय तहका वडामास्तरीय सडक पु¥याउन, उत्पादित सामग्री बजारसम्म पुर्‍याउने सडक बनाउन आवश्यक, सडक यात्रालाई भरपर्दो र सुरक्षित तुल्याउने कार्य योजना हुनुपर्छ । जनधनको सुरक्षाका लागि प्रभावकारी कदम चाल्नुपर्छ ।”

मुलुकको व्यापार सन्तुलनका लागि नीति कार्यक्रम परिलक्षित हुनुपर्नेमा जोड दिँदै उनले सुशासन कायम गराउन सार्वजनिक सेवा चुस्त दुरुस्त हुनुपर्छ भनिन् । मुलुकमा शान्तिसुरक्षा कायम गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताउँदै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रको सुधारका लागि जनशक्ति र स्रोतमा व्यापक सुधार आवश्यक रहेको बताइन् ।

देशका सबै खाले उत्पादनलाई विश्वविद्यालका पाठ्यक्रमसँग जोड्न आवश्यक रहेको बताउँदै उनले भनिन्, “सबै नागरिकलाई सरल, सुभल र सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बिमालाई तीव्ररुपमा अघि बढाउनुपर्छ, स्वास्थ्य क्षेत्र चलायमान बनाउनुपर्छ, स्वास्थ्य क्षेत्रका जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ ।”

महिला अधिकार र विकासमा देशले हासिल गरेका उपलब्धि कमी नरहेको बताउँदै उनले महिला र शिक्षामा भएको प्रगति सन्तोषजनक रहेको बताइन् । बालबालिकाको स्वास्थ्य, शिक्षा र लालनपालनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले सडक बालबालिकाको सङ्ख्या निमिट्यान्न गर्न अब ढिलाइ गर्न हुन्न भनिन् ।

देश र भविष्यप्रति आशावादी युवा जनशक्ति तयारमा जोड दिँदै उनले ज्येष्ठ नागरिकको अनुभव र सीपको सम्मान गर्न सुझाव दिइन् ।