काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद मिश्रमाथि समाचार सङ्कलनका क्रममा भएको दुर्व्यवहारप्रति महासङ्घ रासस प्रतिष्ठान शाखाले भर्त्सना गरेको छ । प्रतिष्ठान शाखाले यही वैशाख ९ गते कागेश्वरी मनोहरास्थित सार्वजनिक सडकको तस्बिर लिनेक्रममा निर्माण व्यवसायीसम्बद्ध व्यक्तिले राससका पत्रकार मिश्रलाई धाकधम्कीसहित गालिगलोज गरेको घटनाप्रति खेद…