गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण गर्न राज्यले थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा गोरखा भूकम्पको स्मृतिमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेपालमा विभिन्न खालका विपद्ले ठूलो नोक्सानी गर्दै आएको भन्दै राज्यले विपद् जोखिम न्यूनीकरणका लागि नयाँ ढङ्गले तयारी थाल्नुपर्ने बताए ।…