काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको क्षेत्रमा मुलुकले पैरवी गरी प्राप्त उपलब्धि कार्यान्वयन गर्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रित भएको बताएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित २९औं विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रममा उनले उक्त उपलब्धि कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र संस्थागत सुधारका लागि पहल गरिसकेको बताए । मन्त्री शाहीले जलवायु…