मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

बोल्ने र लेख्ने अधिकारमाथि हस्तक्षेप गर्न हुँदैन : अध्यक्ष लिङ्देन

बोल्ने र लेख्ने अधिकारमाथि हस्तक्षेप गर्न हुँदैन : अध्यक्ष लिङ्देन


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

ललितपुर । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद लिङ्देनले बोलेको र लेखेकै आधारमा मानिसलाई पूर्जी काट्ने काम गरेकोप्रति विरोध गर्दै यस प्रकारको कामबाट सरकारलाई पछाडि हट्न आग्रह गरे ।

उनले शान्तिपूर्ण आन्दोलन एक घटकका कमल थापालाई पक्राउ गरिएको सम्बन्धमा भेट्न गएका दीपकबहादुर सिंहलाई प्रहरीले नियन्त्रण गर्नु संविधानविपरीत भएको बताए ।

सांसद लिङ्देनले देशमा रोजगारी नपाएर अवसरको खोजीमा जानेलाई दैनिक रु ५० हजार माथिल्लो तहले लिने गरेको कुरा सार्वजनिक भएको र यो देशको बेइज्जतीको कुरा भएको बताए । उनले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिई अख्तियारलाई स्वतन्त्रपूर्वक राजनीतिक क्षेत्रको पनि अनुसन्धान गर्नु पर्ने माग गरे ।

सांसद मनिष झाले भिजिट भिसा प्रकरण र अध्यागनका कर्मचारी विकृतिका विषयमा गृहमन्त्रीलाई जानकारी नभएको नभए किन कर्मचारीलाई सरुवा गरिएको भन्ने प्रश्न उठाए । उनले यो प्रकरणको सरकारले चित्तबुझ्दो उत्तर नदिएसम्म आफूहरूलाई सैह्य नहुने बताए ।

शेयर गर्नुहोस:

108
Shares