मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रक खस्दा दुईको मृत्यु, ३ जना घाइते

ट्रक खस्दा दुईको मृत्यु, ३ जना घाइते


धादिङ । धादिङको भूमे खयरघारीस्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ट्रकमा सवार अन्य ३ जना घाइते भएका छन् । हेटौडाका ट्रक चालक मनहर धिताल र सहचालक अविनाश घिमिरेको मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ ।
 
काठमाडौंबाट मकवानपुरको हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७७१७ नम्बरको ट्रक शनिबार बिहान ३ बजेतिर सडकबाट एक सय मिटर तल महेश खोलामा खसेको प्रहरीले जनाएको छ ।
 
घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । राति पानी परेका कारण सडक चिप्लो भएर ट्रक चिप्लिन गएको हुन सक्ने अनुमान गरिएको छ ।