मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गामवेसीको भवन बनाउन बेलायतबाट आर्थिक सहयोग

गामवेसीको भवन बनाउन बेलायतबाट आर्थिक सहयोग


चितवन । रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रको भवन निर्माणको लागि बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको छ ।  
 
वीर अस्पतालका डाक्टर ढुण्डिराज पौडेलको पहलमा नेपाली डाक्टर्स संघ बेलायतले संकलन गरेको २ लाख ९६ हजार ४४६ रूपैयाँ केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
 
रोटरी क्लब अफ रत्ननगर र रोट्याक्ट क्लब अफ रत्ननगरमार्फत रकम केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गरिएको रोटरी क्लब अफ रत्ननगरका निवर्तमान अध्यक्ष मधुपकुमार भट्टराई ‘माधव’ले जानकारी दिए । 
 
त्यसैगरी रोटरी क्लब अफ रत्ननगरका सदस्य जनकराज शर्माले केन्द्रमा एक छाक मासु खरिदका लागि ७ हजार सहयोग गरेका छन् । त्यसैगरी रत्ननगर उद्योग वाणिज्य संघले उद्धार गरी केन्द्रमा राखिएकी बालिका जुना चेपाङको खर्च संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले गर्ने भएका छन् । 
 
रकम हस्तान्तरण कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सीताराम पोखरेल, उवासंघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विसुराल, रोटरी क्लब अफ रत्ननगरका सदस्य पूर्ण रिजाल, संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मालगायतले मन्तव्य दिए । रोटरी क्लब अफ रत्ननगर रत्ननगरका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
 
खाद्यान्न सहयोग 
स्वर्गीय बुबा टेकप्रसाद अर्याल र आमा देवमाया अर्यालको स्मृतिमा छोराहरु धर्मराज अर्याल र जीवराज अर्यालले केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुका लागि १० हजार रूपैयाँबराबरको खाद्यान्न सामग्री सहयोग गरेका छन् । 
 
चेपाङ बालबालिकालाई तत्काल आवश्यक रहेको भूजा, दालमोठ, वेसार, मसला, नुन, साबुन, सरफलगायतका सामग्रीहरु जीवराज अर्यालले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गरे । धर्मराज अर्याल चितवन पोष्ट दैनिकका सम्पादक तथा जीवराज अर्याल प्रबन्ध निर्देशक हुन् ।