चितवन । चितवनको भरतपुरस्थित आँपटारीमा ट्रकको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिन जाँदै गरेको बा ३ ख ११०१ नम्बरको ट्रकले आँपटारीमा बाटो काट्दै गरेको साइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । आइतबार राति भएको सो दुर्घटनामा परी गोरखा पुथ्वीनारायण नगरपालिका–९ घर भई चितवन बस्दै आएका साइकल यात्री रामकुमार…