मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारबाही गर्न ७७ जिल्लामा निर्देशन

राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारबाही गर्न ७७ जिल्लामा निर्देशन

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छ ।

सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न ७७वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएसँगै कारबाही प्रक्रिया अगाडि बढेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न सबै जिल्ला इकाइहरूलाई निर्देशन दिएको हो ।

निर्देशनमा राजनीतिक दलमा संलग्न शिक्षक, कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको रिट नं- ०७८–०४०८, निर्णय नं- ३३६ मा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नू/गराउनू शिक्षा मन्त्रालयको नाममा परमादेश जारी गरेकोसमेत उल्लेख गरिएको छ ।