धादिङ । बुधबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नम्बर–५, घाटबेँसीस्थित पृथ्वीराजमार्गमा भएको बस दुर्घटनामा परी एक महिलासहित ७ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौँका लागि छुटेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस बुधबार बिहान साढे चार बजेतिर अनियन्त्रित भई राजमार्गबाट १ सय मिटर तल त्रिशूली नदीमा खसेको…