मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम

राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । असार १५ अर्थात धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित सहभागी थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए ।

“पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भए पनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ”, उनले भने, “यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ”, उनले भने । रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

शेयर गर्नुहोस:

513
Shares