मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

असारमा किसानले पर्याप्त मल नपाउनु दुर्भाग्य : नेत्री राणा

असारमा किसानले पर्याप्त मल नपाउनु दुर्भाग्य : नेत्री राणा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं कृषि समितिका सभापति आरजु देउवा राणाले नेपालमा पनि उन्नत जातको धानका बीउ लगाएर उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गरेकी छन् ।
एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान सङ्घ भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले कृषि उत्पादकत्व बढाएर देशमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएी हुन् । उनले रोपाइँको समयमा किसानले पर्याप्त मल नपाउनु दुःख विषय भएको बताइन् ।
नेत्री देउवाले भनिन्, “नेपालमा खेतीयोग्य जमिन बाँझो हुन थालेको छ, बाँझो खेतीयोग्य जमिनलाई उपयोगमा ल्याउन नीति बनाउनु आवश्यक छ ।  रासायनिक मललाई सहकारीमार्फत वितरण भए पनि राम्रोसँग वितरण हुन नसकेकाले त्यसको उचित  व्यवस्थापन गरी वितरण गर्नु आवश्यक छ ।”
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस भक्तपुरका सभापति एवं सङ्घीय सांसद दुर्लभ थापाले मल र गुणस्तरीय बीउ ल्याएर स्वदेशी उत्पादन बढाउनुपर्ने बताए ।
कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष इन्द्र प्रजापतिले असार १५ मा दिवस मनाएर मात्रै नभई धान उत्पादनलाई आत्मनिर्भर बनाउने गरी राज्यले नीति लिनुपर्ने बताए ।