काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गरेका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार दसैँ–तिहार नेपाल सम्वत, छठपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “हाम्रो मुलुक भौगोलिक विविधिता भएकाले चाडपर्बमार्फत सामाजिक सद्भाव फैलाउनुपर्छ ।” अध्यक्ष ओलीले आफ्नो विचार अरुले अनुशरण गरेर…