काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न गठित समितिको अध्ययनबाट नियामक दूरसञ्चार प्राधिकरणको कामकारबाहीमा कुनै असर नपर्ने प्रस्ट पारेका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी छलफलमा सांसदले राखेका प्रश्नको जवाफ दिँदै नियामक निकायका सल्लाह, सुझाव र समन्वयमा…