मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

डेमोक्रेटिक पार्टी निकट नेपालीहरुको भेला

डेमोक्रेटिक पार्टी निकट नेपालीहरुको भेला

हिमालय खबर

शेयर गर्नुहोस:

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । डेमोक्रेटिक पार्टीसँग नजिक रहेका नेपालीमुलका अमेरिकीहरुको आइतबार ड्यालसमा भेला सम्पन्न भएको छ ।

अमेरिकामा आउँदै गरेको राष्ट्रपतीय, सिनेट, कंग्रेसको चुनावका विषयमा छलफल गर्न भेला आयोजना भएको हो । दुई महिना पछि नोभेम्बर ५ तारिक अमेरिकामा चुनाव हुँदैछ । सो चुनावमा नेपाली समुदायका आप्रवासीहरुको हितमा काम गर्ने, नेपालीमुलका अमेरिकीहरुलाई अघि बढ्न सहयोग गर्ने उम्मेदवारहरुलाई सघाउने विषयमा पनि भेलामा छलफल भएको छ ।

अधिकांश नेपालीहरु आप्रवासीहरुलाई सम्मान गर्ने, शंकाको दृष्टिले नहेर्ने र राजनीति लगायत हरेक क्षेत्रमा अघि बढ्न सहयोग गर्ने डेमोक्रेटिक पार्टीसँग नजिक छन् । ड्यालस फोर्टवर्थमा रहेका नेपालीहरुले अमेरिकी मुलधारको राजनीतिमा अघि बढ्न र डेमोक्रेटिक पार्टीप्रति आस्थावान नेपालीहरुलाई सहयोग गर्न हिमालयन डेमोक्रेटिक क्लब स्थापना गरेका छन् ।

चार वर्ष अघि स्थापित यो क्लबको आयोजनामा उम्मेदवारहरुसँग अन्तरकृया गर्दै नेपाली आप्रवासी समुदायको अवस्था र अपेक्षाका बारेमा जानकारी गराउने निर्णय समेत भएको छ । हिमालयन डेमोक्रेटिक क्लबलाई पुनर्गठन गर्दै सकृय बनाउनुपर्ने आवश्यकता देखिएको छ । अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गर्नेलाई सहयोग गर्ने र अमेरिकी राजनीतिज्ञहरुसँग समन्वय गर्नका लागि यो क्लब स्थापना भएको हो ।

आइतबारको भेलाले १८ वर्ष उमेर पुगेर कानुनले मतदाता हुन योग्य भनेर तोकिएकाहरुलाई भोटर्स लिष्टमा समावेश गर्नका लागि आउँदो अक्टोबर पहिलो सातासम्म भोटर्स रजिष्ट्रेसन अभियान चलाउने, त्यही बीचमा क्लबका गतिविधि चुस्त बनाउन पुनर्गठन, उम्मेदवारहरुसँग अन्तरकृया गर्ने निर्णय भएको छ ।

भेलामा पूर्ब अध्यक्ष मोहन ज्ञवाली, उपाध्यक्ष बेदराज बस्नेत, महासचिव सुदीप अधिकारी, दिनेश शर्मा, राजेन्द्र वाग्ले, जनक भण्डारी, विजय भुसाल, डा. युवराज अर्याल, गोकर्ण दाहाल, राजेन्द्र कुँबर, डा. मिलन पौडेल लगायतले नेपाली समुदायलाई मतदानका लागि बुथसम्म पुग्ने वातावरण मिलाउनुपर्ने, समुदायलाई फाइदा पुग्ने सामुहिक काममा उम्मेदवारहरुको ध्यान आकर्षण गर्नुपर्ने लगायत विषयमा पनि छलफल भएको थियो । अध्यक्ष प्रभात दीक्षित भने ड्यालस बाहिर रहनुभएको हुँदा सहभागी हुन नसकेको त्यस अवसरमा जानकारी गराइएको थियो ।

अमेरिकी राजनीतिमा दुइ मुख्य पार्टीहरू छन् । उदारता बोकेको डेमोक्रेटिक पार्टी र पुरातनवादी सोच र व्यबहार अपनाउने रिपब्लिकन पार्टी रहेका छन् ।