मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

पारालिगलले पार गर्यो पाँच वर्ष

पारालिगलले पार गर्यो पाँच वर्ष


ड्यालस (अमेरिका) । ड्यालस फोर्टवर्थलाई आधार बनाएर कानुनी परामर्स सेवा प्रदान गर्दै आएको पारालिगल सर्भिस अफ ट्यारेन्ट काउन्टीले आइतबार आफ्नो पाँचौ वार्षिक उत्सव मनाएको छ ।

युलेसको पुस्तकालय भवनमा आयोजित कार्यक्रममा प्रम’ख अतिथि मेयर लिण्डा मार्टिनले शूभकामना दिँदै पीडामा परेकाहरुलाई कानुनी सहायता प्रदान गर्ने कार्यमा सफलताको कामना गरिन् । त्यस अवसरमा नेपाली तथा अमेरिकी समुदायका व्यक्तित्वहरुले पारालिगल सर्भिसले पाँच वर्षमा गरेको सहयोगका बारेमा चर्चा गर्दै भविष्यमा पीडितहरुलाई कानुनी सहायता दिने तर्फ अझै थप सफलता मिलोस् भन्दै शूभकमना दिएका थिए ।

सन् २०१९ मा युलेसको बर्गण्डी टावरबाट सेवा थालेको पारालिगलले अहिले समुदायलाई आवश्यक कानुनी सहयोग गदैै आएको सिर्जना शर्मा पोखरेलले जानकारी दिइन् । पाँचौ बार्षिक उत्सव समारोहमा समुदायका व्यक्तित्वहरुले उपस्थित भएर शूभकामना दिएका थिए ।