काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा सांसद शर्माले छानबिनमा सबैलाई समान व्यवहार छ भन्ने सन्देश सरकारले दिन सक्नुपर्ने जनाउँदै एउटा नागरिकताको नम्बर मिलेको भन्ने उजुरीमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा लिइएको…