मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

कला, संस्कृति, सम्पदा, सीपलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ : मन्त्री पाण्डे

कला, संस्कृति, सम्पदा, सीपलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ : मन्त्री पाण्डे


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

भक्तपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो क्षेत्रमा रहेका कला, संस्कृति, सम्पदा, उत्पादन र सीपलाई पर्यटन एवं उद्योगसँग जोडेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको तीनदिने मध्यपुर महोत्सव–२०८१ को आज बोडेमा आयोजित समापन कार्यक्रममा मन्त्री पाण्डेले यो महोत्सवले आफ्नो धरोहर र पहिचानको संरक्षण गरेको बताए ।

उनले भने, “मध्यपुरथिमिमा नयाँ पुस्ताले परम्परागत कला, संस्कृति र धरोहरलाई आत्मसात् गर्दै सात वर्षको बालक, युवा पिँढीदेखि वृद्धवृद्धाले समेत बढो उत्साहका साथ महोत्सवमा सक्रियता देखाएर यहाँका तीन पुस्ताले आफ्नो कला, संस्कार र संस्कृतिलाई सिक्ने र सिकाउने कार्य पनि गरिरहेको पाए ।”

हाम्रो संस्कृतिलाई कहिल्यै मर्न दिनु नहुने र यसको प्रवर्द्धन तथा विकास गर्न यस प्रकारको महोत्सव महत्त्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री पाण्डेले यहाँका परम्परागत वेशभूषा, परिकार, कला, संस्कृति, संस्कार, काष्ट, धातु, प्रस्तर माटोका कला बिर्सिएका छैनौँ, यसको संरक्षण र विकास गरिरहेका छौँ भनेर मध्यपुरवासीले महोत्सवमार्फत प्रमाणित गरेको बताए ।

नेपाल संस्कृतिले भरिपूर्ण, वेशभूषाले सम्पन्न, धार्मिक सहिष्णुताले भरिपूर्ण थलो भएको बताउँदै मन्त्री पोण्डेले भने, “हामी नेपाली सबै धर्म, सबै संस्कृति, सबै भाषा, संस्कार एउटै थलोमा मिलेर बस्न सक्छौँ, हाम्रा साना नगरपालिकाभित्र पनि विशाल कला, संस्कृति, सम्पदा, सीप छ भनेर देशभरकालाई मात्र नभई सारा संसारभरिका मानिसलाई महोत्सवमार्फत देखाउने छौँ, यसले पर्यटनसँगै आर्थिक विकासमा टेवा पुर्‍याउँछ ।”

यहाँका धर्म, कला, संस्कृति, सभ्यता, मौलक वेशभूषा, उत्पादन, सीप देशकै ठूलो सम्पत्ति भएको बताउँदै उनले महोत्सवलाई तीन दिनमा सीमित नगरी साताव्यापी रुपमा आयोजना गरेर देशभरका प्रमुखहरुलाई बोलाएर सम्मेलन गर्ने र महोत्सव देखाएर उनीहरुलाई पनि यस्ता महोत्सव गर्न प्रेरणा दिनुपर्ने उनले बताए ।

कार्यक्रममा सांसद् दुर्लभ थापा, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र केसी, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान महर्जन, मध्यपुरथिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले महोत्सवले मध्यपुरथिमिको पहिचानलाई विश्वभर पुर्‍याएको बताए ।

कार्यक्रममा मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले यहाँ काठमाडौँ उपत्यकाको बीचको नगरपालिका भए पनि पर्यटनको विकास हुन नसकेको यस नगरपालिका अब पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ अगाडि बढेको बताए ।

उनले भने, “मध्यपुरथिमिले भौतिक पूर्वाधारको विकास गरे पनि पर्यटकीय विकास गर्न सकेको थिएन, यस्तो अवस्थामा यो महोत्सवको आयोजना गर्यौँ, महोत्सवबाट पर्यटकीय नगर बनाउन र आर्थिक विकासमा पनि अगाडि बढ्न टेवा पुर्‍याएको छ । अब पर्यटन प्रवर्द्धनका लागि मध्यपुर अगाडि बढेको छ ।”

नगरप्रमुख श्रेष्ठले अब मध्यपुर नगरपालिकाले पर्यटकीय गन्तव्य बनाउन हरेक महिना कुनै न कुनै पर्यटकीय गतिविधि गर्ने प्रतिबद्धता व्यक्त गरे । महोत्सवको समय अपुग भएकाले थप गर्न माग गरे पनि त्यसलाई नसकिएको उल्लेख गर्दै उनले तीन दिनको महोत्सवमा पाँच लाख आगन्तुक आउने अपेक्षा गरिएकामा आठ लाखभन्दा बढीले अवबलोकन गरेको बताए ।

शेयर गर्नुहोस:

81
Shares