मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

टाइगर प्यालेस रिर्सोटको संचालन र व्यवस्थापन सोल्टी होटलले गर्ने

टाइगर प्यालेस रिर्सोटको संचालन र व्यवस्थापन सोल्टी होटलले गर्ने

'टाइगर प्यालेस रिर्सोट वाई सोल्टी' नाम हुने

हिमालय खबर

शेयर गर्नुहोस:

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टको व्यवस्थापन नेपालको चर्चित सोल्टी होटलले लिने सम्झौता भएको छ ।

‘यहि जनवरी १ देखी सोल्टी होटलले टाइगर प्यालेसको व्यवस्थापन गर्नेछ’ टाइगर प्लालेसका होटलका अध्यक्ष वुद्धि सुवेदीले भने-‘यो हाम्रो लागि सफल सुरुवात हो ।’

एक बर्ष अघि बुद्ध जन्मस्थल नजिक रहेको यो होटल सुवेदी लगायत विदेशमा बस्ने नेपालीले सामुहिक रुपमा स्थापना गरेको इन्भेष्टमेण्ट कम्पनीले लिएको थियो ।

सम्झौता अनुसार हाललाई ५ बर्षका लागि सोल्टीले व्यवस्थापन गर्ने छ । त्यसपछि अर्को पाँच बर्ष थप गर्न सकिने प्रावधान छ । सम्झौता अनुसार जनवरी १ देखी टाइगर प्यालेस रिर्सोट वाई सोल्टीका नाममा उक्त होटल संचालन हुने छ ।

काठमाडौंमा रहेको पाँच तारे सोल्टी होटल नेपालकै अग्रणी तारे होटलमा पर्छ । सोल्टी ग्राहकलाई उत्कृष्ट सेवाका लागि परिचित छ । काठमाडौ वाहेक नेपालगञ्जमा पनि सोल्टीले आफ्नो चेन सञ्चालन गर्दै आएको छ ।

टाइगर प्यालेसमा १०२ कोठा छन् । क्यासिनो, सभा सम्मेलन हल लगायत पनि संचालनमा छन् । मुख्य गरि बुद्ध जन्मस्थल लुम्बिनी र धनी भारतीयहरुलाई लक्षित गरेर टाइगर प्यालेस स्थापना गरिएको थियो । अहिले होेटलका सबै कोठा र हल केही महिनाका लागि बुक भईसकेको समेत सुवेदीले बताए । क्यासिनोमा त भारतीय ग्राहकका उल्लेख्य उपस्थिति रहेको बताईको छ ।

विदेशमा वस्ने नेपाली समुहले लिनु अघि होटल विभिन्न विवादमा आईरहने गरेको थियो । ‘विवाद सल्टाउन हामीलाई एक बर्ष जति लाग्यो’ सुवेदीले भने ‘विवाद सल्टाएर हामीले व्यवस्थापनको जिम्मेवारी सुम्पेका हौं ।’

उक्त होटलको व्यवस्थापनका लागि म्यारियट लगायत अन्य विदेशी चेन होटल समुहसँग पनि कुराकानी भएको थियो । तर, नेपालकै सोल्टीले उक्त जिम्मेवारी पाएकोछ ।