काठमाडौँ । स्थानीय सरकारको संंस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट बनाउन नेतृत्व गरेका रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा सम्मानित भएका छन् । नेपाली कांग्रेस स्थानीय तह समन्वय समितिले नगरप्रमुख सापकोटाको नेतृत्वको उच्च कदर गर्दै सम्मान गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् । कांग्रेसबाट निर्वाचित भएका सापकोटाले…