काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमै गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीको सोमबारदेखि पार्टी मुख्यालय बीपीनगरमा शुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले मंसिरमा महाधिवेशन हुन नसक्ने भए सभापति र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्ने माग गरे ।
सम्बोधनको शुरूआतमै आफूले तीतो वास्तविकता बोल्ने भन्दै कसैलाई चित्त नदुखाउन आग्रहसमेत गरेका छन् । उनले एमालेसँग भएको अहिलेको सत्ता गठबन्धनपछिको प्रगतिबारे चित्तबुझ्दो जवाफ दिन नेतृत्वसँग माग गरेका छन् ।











प्रतिक्रिया