मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

ड्यालस एभरेष्ट लायन्स क्लबमा पन्त

ड्यालस एभरेष्ट लायन्स क्लबमा पन्त


टेक्सस (अमेरिका) । टेक्ससको ड्यालसमा नेपालीहरुको अग्रसरतामा २२ वर्ष अघि स्थापना भएको ड्यालस एभरेष्ट लायन्स क्लबको नयाँ नेतृत्व बसन्त पन्तले गरेका छन् ।

आइतबार भएको पदस्थापना समारोहपछि आउँदो एक वर्षको लागि पन्तले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । पन्त लामो समयदेखि ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा बसेर सामाजीक गतिविधिमा संलग्न छन् ।

नयाँ कार्यसमितिको निवर्तमान अध्यक्षमा केदार बराल रहेका छन् भने उपाध्यक्षमा यशोदा अधिकारी र रुद्र खतिवडा चयन भएका छन् । त्यस्तै सचिवमा सिर्जना बराल, कोषाध्यक्षमा प्रकाश उप्रेती निर्विरोध चयन भएका छन् ।

त्यस्तै बोर्ड अफ डाइरेक्टरहरुमा पूर्व अध्यक्षहरु खेमराज बास्तोला, शिव काफ्ले, शशी भट्टराई, केशव लामिछाने, बिएन पन्त, मीना क्षेत्री र विष्णुमायाँ उपाध्याय रहेका छन् । त्यस्तै अन्य बोर्ड अफ डाइरेक्टरहरुमा गंगा ब्रामिन भट्टराई, संगीता पन्त, प्रदिन श्रेष्ठ, राजेन्द्र राजोपाध्याय, केशव श्रेष्ठ, रामहरि थापा, सन्ध्या पन्त, ओजेश उप्रेती चयन भएका छन् ।सोही अवसरमा लियो ताथ कवक्लबका पदाधिकारीहरुको पनि पदस्थापना गरिएको थियो ।

चुनाव प्रतिस्पर्धात्मक अवस्था नहुने र एक वर्षको मात्र पदावधि हुने कारणले गर्दा लायन्स क्लबले नेपाली समुदायमा सकारात्मक प्रभाव पार्दै आएको छ । स्वास्थ शिविर, रक्तदान, सरसफाइ लगायतका अभियानमा लायन्सले अग्रणी भूमिका खेलिरहेको छ ।

सोही अवसरमा दुई वटा नयाँ लायन्स क्लबको घोषणा गरियो । बटुक विष्टको अध्यक्षतामा ड्यालस मनकामना लायन्स क्लब र प्रविन बाबु श्रेष्ठको  अध्यक्षतामा ड्यालस गोर्खा लायन्स क्लब घोषणा भएको छ ।

आइतबार साँझ आयोजना गरिएको पदस्थापना कार्यक्रममा वक्ताहरुले नयाँ कार्यसमितिलाई कार्यकाल सफलताका लागि शूभकामना दिएका थिए ।

शेयर गर्नुहोस:

3.8k
Shares