प्रहरी महानिरीक्षकद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार अपराह्नदेखि कार्यभार सम्हालेका छन् । पद बहालीसँगै उनले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाएका उनलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्नबाट सुशोभन गरेका थिए। त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गरेकामा…