चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लैजाने क्रममा दुर्व्यवहार भएको भनी सामाजिक सञ्जालहरुमा सम्प्रेषण भइरहेका भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको विज्ञप्तिमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएपश्चात् चितवनको…