काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली सरकारले एनसेललाई किस्ताबन्दीमा कर तिर्ने छूट दिएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा बोल्दै अध्यक्ष लिङ्देनले एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन् । उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कहीँ पनि विवादित नभएको कम्पनी नेपालमा आएपछि किन विवादमा पर्छन्…