वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल र भारतबीच देखापरेको समस्या आपसी समझदारी गरेर मिलाउनुपर्ने बताएका छन् ।
मिडिया फर बोर्डर हार्माेनी, नेपालले शनिबार आयोजना गरेको ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ मा उनले दुवै मुुलुकबीच समन्वय र सहकार्य गरेर विवाद टुङ्ग्याउनुपर्ने बताए ।
मन्त्री चौररियाले भने,’दुवै मुलुकबीच सदियौँदेखि सौहाद्र्रपूर्ण सम्बन्ध रहँदै आइरहेको छ । कहिलेकाहीँ सम्बन्धमा उतारचढाव आए पनि समझदारीमार्फत नै टुङ्ग्याउनुपर्ने हुन्छ ।’
नेपाल र भारतबीचको सम्बन्ध संसारका अन्य कुनै पनि मुलुकमा पाउन नसक्ने उनको भनाइ थियो । ‘दुवै मुलुकका जनताबीचको आत्मीय सम्बन्ध संसारको अन्य कुनै पनि मुलुकमा प्राप्त गर्न सकिँदैन । सञ्चारमाध्यमले दुवै मुलुकलाई तोड्ने नभएर जोड्नेतर्फ अग्रसर हुन जरुरी छ’, कानुनमन्त्री चौरसियाले भने ।
उनले नेपाल र भारतका नेतृत्वले दुवै देशमा भएका प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण सहयोग र सदासयता देखाएको उल्लेख गर्दै त्यो सम्बन्धलाई थप बलियो बनाउन वर्तमान नेतृत्वले भूमिका खेल्नुपर्नेमा जोड दिए ।












प्रतिक्रिया