काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अप्नाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारणरनियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्णरुपमा निर्मूल गर्न कानुन र विधयेकहरू…