मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
टेक्सस   
मुख्य समाचार   

एनआरएन अमेरिकाले छान्यो सम्मेलनका प्रतिनिधि

एनआरएन अमेरिकाले छान्यो सम्मेलनका प्रतिनिधि


ड्यालस (अमेरिका) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सम्मेलनका लागि प्रतिनिधि छनोट गरेर पठाएको छ ।

कार्यकाल २०२५/२०२७ का लागि डेलिगेट चयन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जारी विज्ञप्तीमा उल्लेख छ । डेलिगेट चयन समितिद्वारा तयार पारिएको दुइसय ४६ जनाको नामावली महासचिव र अध्यक्ष समक्ष पेश गरिएपछि सो सूचीलाई रुजु गरेर आईसीसी समक्ष बुझाइएको छ ।

डेलिगेट बन्ने इच्छासहित तीनसय ३३ जनाले स्मार्ट एपमार्फत आवेदन दिएका थिए। प्राविधिक मापदण्ड, योग्यता र निष्पक्ष मूल्यांकनको आधारमा २४६ जना योग्य उम्मेदवारको छनोट गरिएको एनसीसीले जनाएको छ।

छनाैटमा परेका सदस्यहरूमा विभिन्न श्रेणीका प्रतिनिधित्व समावेश गरिएको छ। आईसीसी सल्लाहकारमा तीनजना, मानार्थ सदस्यमा चारजना, आगामी कार्यकालका लागि आईसीसी सदस्यमा चुनिएका ६ जना, एनसीसी अध्यक्ष एक जना, आईसीसी कार्यसमिति सदस्य २१ जना, एनसीसी कार्यसमिति सदस्य २१ जना, र खुला प्रतिस्पर्धाबाट डेलिगेट एकसय ९० जना रहेका छन्।

एनसीसीका प्रवक्ता द्रोण गौतमले प्रेस विज्ञप्ति जारी गर्दै चयनमा सफल सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले संघको आगामी कार्यकालमा प्रतिनिधिहरूको सक्रियता र योगदानले संस्थालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
आईसीसी सम्मेलन यही अक्टोबर ११ देखि १४ सम्म काठमाडैंमा हुन लागेको छ । सम्मेलनमा विश्वभरिबाट तीनहजार तीनसय ५८ प्रतिनिधिहरूको सहभागिता हुनेछ ।

शेयर गर्नुहोस:

4.1k
Shares