मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउनका लागि वर्तमान सरकार : सञ्चारमन्त्री

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को साझेदारीमा वर्तमान सरकार गठन स्पष्ट गरेका छन् । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–६ स्थित बराह माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव एवं प्राविधिक शिक्षा रजत वर्ष समारोहको शनिबार उद्घाटन गर्दै उनले बारम्बार सरकार परिवर्तन हुन थालेपछि त्यसप्रति…