काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यसहित सरकार अगाडि बढेको बताएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको २०औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले हाल ९८ प्रतिशत क्षेत्रमा विद्युतीकरण भइसकेकाले दुई वर्षअगावै लक्ष्य भेट्नेगरी देशभर विद्युतीकरण गरिसक्ने बताए । “ऊर्जा…