काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गर्न सहमत भएका छन् । जेनजीले अघि सारेको मागबमोजिम नै संसद् विघटन गरेर नयाँ सरकार बनाउने शितलनिवासमा समझदारी बनेको हो ।
जेनजीले अघि सारेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेर सपथ खुवाउने सहमति बनेको छ ।
नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई सिंहदरबारमा नयाँ बनेको गृह मन्त्रालयमा राखिने तयारी भैसकेको छ । कर्मचारीले सिंहदरबारमा कुर्सी, फर्निचरलगायतका सामानको बन्दोबस्ती गरिसकेका छन् ।












प्रतिक्रिया