मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   
मुख्य समाचार   

रवि लामिछानेसहितका कैदीबन्दीलाई कारागार फर्किन ताकेता

रवि लामिछानेसहितका कैदीबन्दीलाई कारागार फर्किन ताकेता


शेयर गर्नुहोस:

3.5k
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । नख्खु कारागार ललितपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका कैदीबन्दीलाई कारागार फर्किन सूचना जारी गरेको छ । कारागार स्रोतका अनुसार रास्वपा सभापति लामिछानेको हकमा पनि सोही सूचना लागू हुनेछ ।

जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट १ हजार २ सय ८० कैदीबन्दी फरार भएका थिए । यद्यपि लामिछानेले आफू कारागारबाट निस्किन नचाहँदा नचाहँदै पनि भीड बढेपछि कारागारले आफूलाई जबर्जस्ती बाहिर निकालेको बताएका थिए । आफूले विना पत्र जान्न भन्दाखेरी उनीहरुले दिएको पत्र जस्ताको तस्तै सार्वजनिक गरेको पनि उनले बताएका थिए ।

कारागारका एक अधिकारीका अनुसार कतिपय कैदीबन्दी सम्पर्कमा आएका छन् । कारागार नफर्किए थप सजाय हुने प्रशासनको चेतावनी रहेको छ । ‘हामीले सूचना जारी गरिसकेका छौं । यो पत्र रवि लामिछानेको हकमा पनि लागू हुनेछ । सूचना जारी गर्दा पनि सम्पर्कमा नआए थप कारबाहीको बाटो अबलम्बन गर्छौं,’– ती अधिकारीले भने ।

‘भाद्र २४ गते नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी) लाई यस कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न यसै सार्वजनिक अपीलमार्फत् हार्दिक अनुरोध गर्दछौँ,’– कारागारले जारी गरेको सूचनामा भनिएको छ ।

शेयर गर्नुहोस:

3.5k
Shares