मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   
मुख्य समाचार   

सहमति जुट्यो: प्रतिनिधि सभा विघटनपछि आजै सुशीला कार्की प्रधानमन्त्रीको शपथ

सहमति जुट्यो: प्रतिनिधि सभा विघटनपछि आजै सुशीला कार्की प्रधानमन्त्रीको शपथ


शेयर गर्नुहोस:

2.3k
Shares

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेको छ।

शुक्रबार दिनभर चलेको छलफलपछि प्रतिनिधि सभा विघटन गर्ने निर्णयमा प्रमुख दलहरूबीच सहमति भएको हो। शीतल निवास स्रोतका अनुसार, सुरुमा प्रतिनिधि सभा विघटनपछि मात्रै सरकारको नेतृत्व दिनुपर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी दबाबपछि पछि हटेका हुन्।

आन्दोलनरत युवाहरूले तत्काल शीतल निवास घेराबन्दी गर्ने चेतावनी दिएपछि पौडेलले शीर्ष नेताहरूसँग छलफल गर्दै आफू प्रतिनिधि सभा विघटन गर्ने र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीको शपथ गराउने तयारीमा रहेको बताएका थिए।

हाल शीतल निवासमा प्रतिनिधि सभा विघटनको निर्णयको मस्यौदा, कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने पत्रको तयारीलगायतका काम भइरहेका छन्।

शेयर गर्नुहोस:

2.3k
Shares