काठमाडौँ । सांसदहरुले विधायनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक जनमुखी हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा संशोधनको प्रस्ताव गरेका अधिकांश सांसद्ले विधायनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक सरकारकेन्द्रित मात्रै नभई सरोकारवाला सबैले विधेयक प्रस्तुत गर्न पाउने व्यवस्था गर्न जरुरी रहेको बताए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले…