मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

अमेरिका ग्याँस स्टेशन व्यवसाय र बजारको अफर

अमेरिका ग्याँस स्टेशन व्यवसाय र बजारको अफर


– तपाईले आफैं काम गर्नुपर्छ ।

– एउटा मात्र स्टोर हुनुपर्छ ।

Advertisement
ADVERTISEMENT

– स्टोर भएकै ठाउँमा बस्न तयार हुनुपर्छ ।

– स्टोरको कुल विक्रीको १० प्रतिशत मासिक बुझाउनुपर्छ ।

– स्टोरमा भएको सामान (इन्भेन्ट्री) को अग्रिम भुक्तानी गर्नुपर्छ ।

‘तपाई यी शर्तहरु मान्न तयार हुनुहुन्छ ? यदी तयार हुनुहुन्छ भने मसँग करिव ४० वटा ग्याँस स्टेशनहरू छन्, चलाउनुहोस आफैं व्यवसायी बन्नुहोस् ।’ टेक्ससबाट उदाएका ग्याँस स्टेशन व्यवसायी पासाङ्ग लामाले सामाजिक सञ्जाल मार्फत यस्तो प्रस्ताव गरेपछि विभिन्न खालका प्रश्नहरु उठिरहेका छन् ।

कसैले यसलाई ठगीको नयाँ रुप भनेर अरोप लगाएका छन् । कतिले यो अफर कति फाइदाजनक या जोखिमपूर्ण भनेर हिसाब किताब गरिरहेका छन् ।

व्यवसाय कसरी गर्ने, कति लगानी गर्ने यो व्यक्तिगत निर्णय हो । जुनसुकै व्यवसायमा पनि जोखिम हुन्छ । पासाङ्गको यो प्रस्ताव मान्ने नमान्ने पनि व्यक्तिगत निर्णय हो ।

व्यवसायी पासाङ्गको यो अफर उनको एउटा व्यवसायीक मोडल हो । यसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । तर, यो अफरमा उनले आफ्नो जोखिम भने निकै कम राखेका छन् । स्टोर चलाउनेको जोखिम र मेहनत भने यहाँ बढी देखिन्छ ।

एक दशकभन्दा लामो समयदेखि ग्याँस स्टेशन व्यबसायमा संलग्न रवि बस्नेत भन्छन्-कुनै ठाउँमा जतिनै मेहनत गरेपनि स्टोर चल्दैन, नाफा निकाल्न सकिदैंन । कुनै ठाउँमा भने नाफा हात पार्न सकिन्छ । त्यसैले पहिला त स्टोर कस्तो छ कहाँ छ ? कस्तो लोकेसनमा छ ? कसरी चलाउने ? त्यसले मात्र कति फाइदा वा नोक्सान के हुन्छ त्यो अनुमान गर्न सकिन्छ । आफ्नो अनुकुल ठाउँ हो होइन त्यो पनि हेर्नुपर्छ ।

अहिले अमेरिका भर थुप्रै नेपालीहरु ग्याँस स्टेशन व्यवसायमा संलग्न छन् । अमेरिकाका ठुला शहर देखि सानातिना शहरमा समेत नेपालीको ग्याँस स्टेशन भेटिन्छ । तुलनात्मक रुपमा कम लगानी र जोखिम पनि कम भएकाले धेरै नेपाली ग्याँस स्टेशन व्यवसायमा लागेका हुन् । तर, यहाँ कतिले कमाएका छन् भने कतिपले गुमाएका पनि छन् । कमाएका कथा धेरै सुनिन्छन्, तर गुमाउनेका कथाहरू गुपचुप रहन्छन् ।

सबैभन्दा मुख्य कुरा ग्याँस स्टेशनमा कामदार हो । स्टोर बन्द गर्न मिल्दैन । धेरै कामदार राख्दा खर्च बढ्छ । त्यही भएर पासाङ्गको एउटा शर्त ‘आफैं काम गर्नुपर्छ’ भन्ने छ । आफैं काम गरेपछि रेखदेख राम्रो हुनेभयो, चुहावट नहुने भयो । महत्वपुर्ण पक्ष अरुलाई तलब दिनु परेन ।

तर, आफैं काम गर्दा सधै खटिनुपर्ने हुन्छ । चाडबाड भन्न पाइदैन, परिवारलाइ प्रयाप्त समय दिन सकिदैन । पैसापैसा मात्र भनेर दगुर्दा बच्चाहरू बिग्रिएका, परिवार टुटेका दृष्टान्तहरू पनि अमेरिकी नेपाली समाजमा अनगिन्ती छन् । त्यसरी कहिलेसम्म खट्न सकिन्छ प्रश्न पनि उठ्छ । सधै एउटै प्रकृत्तिको काम गर्दा समय बित्दै गएपछि दिक्क लाग्न थाल्छ ।
स्टोरको विक्री बढेन, चलाउन कठिन भयो भने अरूले दिने रेडिमेड सुझाव हुन्छ-‘तपाईले अझ मेहनत गर्नुपर्यो आफैँ खटिनुपर्यो।’ यो कति संभव हुन्छ त्यो पनि विचार गर्नुपर्ने पक्ष हो । यसको पनि एउटा सीमा हुन्छ ।

अर्को स्टोर भएको ठाउँमा मुभ गर्नुपर्ने शर्त छ । स्टोर सानो तिनो शहरमा पर्यो भने त्यहाँ सधै बस्दा एक्लोपन महसुस हुन्छ । परिवार बालवच्चा पनि नरमाउन सक्छन् । सानो शहरमा एक्लो भएर बस्न लामो समय टिक्न गाह्रो हुन्छ । बालवच्चाको पढाईमा समस्या हुने, साथी नहुने जस्ता समस्या पनि हुन्छन् । अमेरिकाकै गाउँ तिर स्टोर किनेर १/२ बर्षमानै अब पुग्यो भन्दै छाडेका छाड्न खोज्नेहरु पनि कम छैनन् । थुप्रै उदाहरण भेटिन्छन् ।

यो अफरमा सानो लगानीमा पनि स्टोर चलाउने अनुभव लिन त पाइन्छ । तर, स्टोरको मालिक भईंदैन । यो बेला राम्रोसँग स्टोर चल्यो भने स्टोर जसको हो उसलाई बढी फाइदा हुन्छ । उसको प्रपर्टी भ्यालु (व्यवसायको मुल्य) वढ्छ । स्टोर चलेन भने चाँही चलाउने व्यक्ति समस्यामा पर्छ । के गरूँ, कसो गरुँ हुन्छ । कसरी एक्जिट लिन भने चिन्ता थपिन्छ ।

मानौँ कुनै स्टोरको ५० हजार डलरको इनसाइड सेल छ । ग्याँस विक्री पनि औषतमा मासिक ३० हजार ग्यालन भन्दा कम छ भने यस्तो स्टोरबाट कमाइ हुन कठिन नै हुन्छ ।

जेनतेन गुजारा त चल्छ । स्टोर हेर्दा इनसाइड सेल कति छ पहिले त्यो बुझ्नुपर्छ । इनसाइड सेलमा पनि चुरोटको विक्री कति छ त्यो पनि थाहा पाउनुपर्छ । किनकी चुरोट विक्रीमा खासै मार्जिन राम्रो हुँदैन, १० वा कम प्रतिशत मात्र नाफा हुन्छ । लटरीको विक्री त हिसाबै नगर्दा पनि हुन्छ ।

पासाङ्गको यो विजनेस मोडलमा उनलाई भने कम जोखिम छ । उनका कैयौं स्टोर व्यवसाय भएकाले बैंकको ऋणमा उनले स्टोर किन्न सक्छन् । मानौं, कुनै स्टोरको बैंकलाई मासिक किस्ता ६ हजार डलर तिर्नुपर्छ र स्टोर चलाउनेबाट १० हजार लिँदा उनले केही मेहनत नगरिकन ४ हजार नाफा कमाउँछन् । ४० वटा स्टोरको औसतमा ४ हजार डलर हात पर्यो भने पनि मासिक १ लाख ६० हजार डलर नाफा आयो । यहाँ चलाउने झन्झट पनि भएन । आफ्नो आम्दानी आईरह्यो ।

अर्को पासाङ्ग ग्याँसको होलसेल विक्रेता पनि हुन । उनको ग्याँस स्टेशनलाई चाहिने सामानको होलसेल वेयरहाउस पनि छ । उनले यहाँबाट पनि नाफा निकाल्न सक्छन् । यसवाहेक धेरै स्टोर देखाएर विभिन्न समान विक्रेता (भेण्डर) बीमा गर्ने कम्पनी लगायतवाट पनि उनले केही आम्दानी निकाल्न सक्छन ।

सबैभन्दा महत्वपुर्ण पक्ष स्टोर चहिरहँदा जसको नाममा स्टोर छ उसको व्यवसायको मूल्य अर्थात भ्यालु बढ्छ । भ्यालु जति बढ्यो त्यत्ति व्यवसाय बढाउन सकिन्छ ।

‘म ग्याँस स्टेशन चलाउने अनुभव लिन्छु, केही नाफा पनि आईहाल्छ कि भनेर जोखिम लिने हो भने पासाङ्गको यो मोडलमा कम लगानीमा प्रवेश गर्न सकिन्छ । यो व्यवसायीक मोडल विल्कुल नयाँ भने होइन । कति नेपालीले ग्याँस स्टेशन चलाउने गरी केही शेयर आफ्नो नाममा लिएका कयौं उदाहरण भने छन् ।

(क्रमश)…

शेयर गर्नुहोस:

17.1k
Shares