मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

अविरल वर्षाले वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा डुबानको समस्या

अविरल वर्षाले वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा डुबानको समस्या


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

वीरगञ्ज । अविरल बर्सातले वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिए । ‘लगातार ठूलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको छ । तर, डुबानकै कारणले अहिलेसम्म यहाँ धनजनको क्षति हुन भने पाएको छैन ।’

उनले भने, ‘महानगरको ३२ वटै वडामा कतिपय ठाउँमा पानीको उचित निकास नहुँदा केही डुबान पनि देखिएको छ ।” प्रमुख सिंहले सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनाराका वस्तीमा भने उच्च सतर्कता अपनाइएको जानकारी दिए ।

‘सिर्सिया नदीआसपासमा रहेका वस्तीलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सार्ने काम भइरहेको छ’, उनले भने, ‘महानगरमा अहिलेसम्म कुनै पनि खालको मानवीय क्षति हुन भने पाएको छैन ।’ प्रमुख सिंहले वडा नम्बर ११ र १७ का डुबान क्षेत्रमा जनतालाई अन्यतर्फ सार्ने काम भइरहेको जानकारी दिए ।

स्थानीय प्रशासनले थाल्यो सतर्कता

पर्सामा अत्यधिक वषा वर्षा भएपछि स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यहाँ अत्यधिक वर्षा हुन थालेपछि आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित पर्सा जिल्लामा पानी परेसँगै आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जानकारी दिए ।

प्रजिअ सुवेदीले वर्षा भइरहेकाले पनि कुनै पनि डुबान र अन्य प्रकृतिको समस्या भएको खण्डमा तुरुन्तै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई खबर गर्नका लागि अनुरोध गरेका छन् ।

‘अहिले वीरगञ्जसहित पर्सामा वर्षा भइरहेको छ । जुनसुकै समयमा पनि जोखिम हुनसक्ने भएकाले पनि सर्वसाधारणले पनि आवश्यक सावधानी र अत्यावश्यक परेको खण्डमा मात्रै निस्कन अनुरोध गर्दछु ।’

भेडाहा खोलाको कारणले विगतमा वडा नम्बर ३१ र ३० मा क्षति पु¥याउने गथ्र्यो । वीरगञ्ज महानगर ३१ नम्बरका वडाध्यक्ष जीतेन्द्रप्रसाद यादवले डुबानको कारणले वडामा त्यति धेरै क्षति हुन नपाएको बताए ।

वीरगञ्ज महानगर वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुलीले तिलावेपुलको पानी वडा नम्बर १७ तर्फ आउन लागेको बताए । ‘हाम्रो वडामा रहेको अलौँको कोनिया टोल डुबानमा पर्नसक्ने उच्च जोखिममा रहेको छ । सो बस्तीमा करिब १०० घरधुरी रहेका छन्’, उनले भने, ‘जेसिबी स्क्काभेटर लगाएर पानी कटाउने काम भइरहेको छ ।

यद्यपि डुबान भइहालेमा कोनिया बस्तीका सर्वसाधारणलाई धर्मशालामा राख्नको लागि आवश्यक प्रबन्ध मिलाइसकेका छौँ ।’ वडाध्यक्ष छत्कुलीले एकीकृत जाँचचौकीको पछाडि भागमा रहेका दुई÷चार वटा फुसका घर भने प्रभावित भएका छन् ।

‘अहिले डुबानको समस्या देखिएको ठाउँमा खटिएर जनतासँग समन्वय गरेर काम गरिरहेको छ’, उनले भने । उनले तिलावे पुलको पानी अलौँतर्फ आएको खण्डमा भने थप जोखिम हुने सम्भावना पनि कायमै रहेको छ ।

त्यस्तै वीरगञ्ज महानगर वडा नम्बर ११ का वडाध्यक्ष अजयकुमार बरैले लगातार वर्षाको कारणले श्रीपुरको नयाँबस्तीमा धेरै समस्या पारेको बताए । त्यस्तै वीरगञ्ज महानगर वडा नम्बर २४ का वडाध्यक्ष विजयप्रसाद कुर्मीले वडा नम्बर २४ मा अहिले बिहानीपख ४ः०० बजेदेखि नयाँबस्तीमा डुबानको समस्या देखिएको बताए ।

वीरगञ्ज महानगर २६ का वडाध्यक्ष शम्भु मिश्रले वर्षाको पानीले उचित निकास नहुँदा पानी जम्ने समस्या रहेको बताए । 

शेयर गर्नुहोस:

54
Shares