व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको छ : उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको बताएका छन् । पुलचोक–गोन्द्राङ छ लेन सडकको भरतपुरमा उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले पछिल्ला वर्षमा धेरै काम भएको तर जनताको अपेक्षाअनुसार काम गर्न भने समय लाग्ने बताए । आफ्नै लगानीमा काम गर्न सकिन्छ भन्ने बलियो उदाहारण यो सडकले दिएको उनको भनाइ थियो ।…