सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको बताएका छन् । यहाँको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले सङ्घीयताले देशको सुन्दर पक्ष उजागर गरेको बताए । उनले संसद्का दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको स्पष्ट…