अङ्ग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल

भक्तपुर । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मागअनुसारको आवश्यकतालाई वृद्धि गर्न अङ्ग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताएका छन् । विश्व अङ्गदान दिवसका अवसरमा आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा आवश्यकताको २० प्रतिशत पनि अङ्गदान हुन नसकेकाले नीतिनियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताए। स्वास्थ्यमन्त्री पौडेलले भने, ‘बिमासँग विपन्नवर्ग जोडियो…