मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्रलोपाद्वारा जेनजी आन्दोलनको माग पूरा गर्न सरकारसँग आग्रह

प्रलोपाद्वारा जेनजी आन्दोलनको माग पूरा गर्न सरकारसँग आग्रह


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले जेनजी आन्दोलनका माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ । प्रलोपाका प्रतिनिधिहरुले आज सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटगरी जेनजी आन्दोलनको वैधतालाई अभिलेखीकरण गर्न आग्रह गरेका हुन् । प्रलोपाले प्रधानमन्त्रीसमक्ष विभिन्न चार सूत्रीय माग पनि प्रस्तुत गरेको छ ।
सो पार्टीले भनेको छ, “विगत तीन महिनादेखि जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, जेनजी फ्रन्टलगायत विभिन्न जेनजी समूहहरुले जेनजी जनआन्दोलनलाई संस्थागत गर्न सङ्कलन गरी बुझाएको जनादेशसहितको सम्झौतापत्र यथाशीघ्र हस्ताक्षर गरियोस्, सो सम्झौतामा उल्लेख गरिएका विषयवस्तुमध्ये सर्वप्रथम सहिद तथा घाइते परिवारको तत्कालीन आवश्यकता र दीर्घकालीन परिपूरणको मागलाई यथोचित सम्बोधन गरियोस् ।”
किसानलाई उत्पादनका आधारमा राज्यद्वारा अनुदानको व्यवस्था गरियोस् । विगतमा नक्कली किसानका नाममा कृषि अनुदानको ठूलो मात्रामा दुरुपयोग भएको हुँदा सोबारे छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने र अन्नबाली लगाउने समयमा किसानलाई पर्याप्त मल उपलब्ध गराउनुपर्ने प्रलोपाको माग छ ।
भ्रष्टाचारविरोधी र सुशासन संस्थागत गर्ने सम्बन्धमा पार्टीले भ्रष्टाचारसम्बन्धी छानबिन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसका आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थाल्नुपर्नेमा जोड दिएको छ ।
पार्टीले घोषित फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै विदेशमा रहेका नेपालीले विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेको छ ।

शेयर गर्नुहोस:

54
Shares